परराष्ट्रमन्त्री राणासँग क्यानडाका गैरआवासीय राजदूतको भेट

परराष्ट्रमन्त्री राणासँग क्यानडाका गैरआवासीय राजदूतको भेट


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गरेका छन् ।

मन्त्रीको कार्यकक्षमा मंगलबार भएको भेटमा मन्त्री डा. राणाले नेपाल–क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।