परराष्ट्रमन्त्री डा. राणासँग यूएई र इजरायली राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. राणासँग यूएई र इजरायली राजदूतको शिष्टाचार भेट

फाइल तस्बिर

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस भेटका अवसरमा द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

बुधबारै मन्त्री डा. राणासँग नेपालका लागि इजरायली राजदूत हानान गोदर गोल्डबर्गरले पनि शिष्टाचार भेट गरे । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–इजरायल सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।