दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ


काठमाण्डु– दिल्लीकी नवनियुक्त मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् ।

उनले शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन्।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।