काठमाण्डु- अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । जिल्लाको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ जना पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ । त्यसैगरी कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।
ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ । यता तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ । त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पहिरोमा परेर ११ जना घाइते भएका छन् । बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटेका छन् ।
प्रतिक्रिया