९ महिनामा झण्डै १५ खर्बको वैदेशिक व्यापार, निर्यात मात्र ६५ प्रतिशतले बढ्यो

९ महिनामा झण्डै १५ खर्बको वैदेशिक व्यापार, निर्यात मात्र ६५ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चालु आर्थिक वर्षको ९ महिनामा आयात निर्यात दुवै बढेको छ । गत वर्षको तुलनामा चालु वर्षमा वैदेशिक व्यापार १६.८९ प्रतिशतले वृद्धि भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको हो ।

अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको थियो, भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।

गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको छ । चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।