एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै

एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा सिरी ए रोमान्चक बन्दै


काठमाण्डु – शीर्ष स्थानको इन्टर मिलानलाई २-१ अन्तरले पराजित गर्दै एसि मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा कायम छ । २४ खेलबाट ५२ अंक बनाएको एसि मिलान दोस्रो स्थानमा छ ।

शनिबार राति भ्रमणकारी टोली एसि मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे ।

यस अघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाएपनी जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसि मिलान १० खेलाडीमा सिमित भएको थियो ।