काठमाण्डु-एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दुवै टोली सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदैछन् । शक्ति गौचनको प्रशिक्षणमा नेपाली टोली एसिया कपमा उत्रन लागेको हो । नेपालले आफ्नो दोस्रो खेल आइतबार बंगलादेश र तेस्रो खेल मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।
प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् ।
यसैबीच आजै हुने अर्को खेलमा अफगानिस्तान र बंगलादेश भिड्ने छन् । बंगलादेश साविक विजेता पनि हो ।
प्रतिक्रिया