ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु

File Photo

मकवानपुर-मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट थानाभयाङतर्फ जाँदै गरेको ग्यास बुलेटले ठक्कर दिँदा ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनी भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्दै आएका थिए ।

बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।