नगरकोटमा कार सडकबाट खस्दा ७ जना घाइते, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना

नगरकोटमा कार सडकबाट खस्दा ७ जना घाइते, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना

File Photo

काठमाण्डु-भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते भएका छन् । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ ।

नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई किशोर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४, गोबरैयामा म २ प ६७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा भीमदत्त नगरपालिका–४, गोबरैयाका १९ वर्षीय आशिष चन्द र सोही ठाउँका १८ वर्षीय पवन चन्द घाइते भएका छन् ।