दैलेखमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

दैलेखमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु


दैलेख – जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते भएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी मंगलबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

गाडीमा २३ जना सवार रहेकोमा अन्य सबै सकुशल रहेका उनले बताए ।