कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

File Photo

जोमसोम – मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ–२ मार्फा नजिकैको सडकमा मंगलबार साँझ ठोक्किएको प्रहरीले जनाएको छ ।

घटनामा आरु चनौटे–९ गोरखाका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीले काठमाण्डुबाट अपर मुस्ताङको भ्रमणका लागि आउँदै गर्दा मोटरसाइकल चालक खड्काको कारसँग ठोक्किएर मृत्यु भएको छ ।

दुर्घटनाबाट घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बोगटीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ ।