एजेन्सी– भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।
सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गरेको बस अलमोरामा २०० मिटर तल नदी किनारमा खसेको थियो ।
बसमा कम्तिमा ५५ भन्दा बढी यात्रु रहेको भारतीय समाचारमाध्यमले जनाएका छन् । प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।
९ जनाको उद्धार गरी अस्पताल पुर्याइएको थियो। घाइते चारजनालाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ। तीन जना घाइतेलाई एम्स ऋषिकेशमा भर्ना गरिएको छ। घटनास्थलमा उद्धार जारी छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी प्रशासन घटनास्थल पुगेको थियो।
प्रतिक्रिया