काठमाण्डु-बागलुङको जैमिनी नगरपालिकामा सोमबार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको छ । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।
यसैबीच रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो ।
मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको हो । धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर उनी डेरा फर्किंदै थिए ।
प्रतिक्रिया