काठमाण्डु– बर्दियामा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका ४ स्थित हुलाकी सडकमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा २ जनाको मृत्यु भएको हो । घटनामा २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक सप्तरीको रुपनी गाउँपालिका स्थायी घर भई गुलेरिया- ६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्या रहेका छन् ।
स्कुटरमा सवार साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्सको बर्दिया अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रतिक्रिया