काठमाण्डु-कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–११ भित्री सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन् ।
प्रतिक्रिया