काठमाण्डु- साउदी अरबमा भएको गाडी दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ ।
साउदी अरबको पश्चिममा पर्ने जिजान क्षेत्रमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार दुर्घटनामा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर रानाको मृत्यु भएको छ । उनीहरूको नेपालस्थित घर खुलाइएको छैन ।
दुर्घटनामा १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली परेका हुन् । ९ जना भारतीय र ३ जना घानाका नागरिकको पनि मृत्यु भएको छ । एक जना नेपाली घाइते भएका छन् ।
जिजानबाट कामदार लिएर कार्यस्थलतर्फ जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रतिक्रिया