विवाहबाट फर्कदै गरेको ब्यान्डसमूह चढेको गाडी दुर्घटना, ८ जनाको मृत्यु

विवाहबाट फर्कदै गरेको ब्यान्डसमूह चढेको गाडी दुर्घटना, ८ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मिनिभ्यान नहरमा खस्दा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा ८ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटना शुक्रबार बिहान कसुर जिल्लामा भएको थियो । सङ्गीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ ।

उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । आठ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुई जना घाइते भएका छन् ।

उद्दार अधिकारीहरूले प्रारम्भिक रिपोर्टले ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुनसक्छन्, जसले दुर्घटना निम्त्याएको हुन सक्छ ।