जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

शुक्रबार परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना५ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ। यद्यपी घाइतेको एकिन संख्या केहीबेरपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ।