काठमाण्डु- म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको हो ।
दुर्घटनामा पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो। देविनको भने लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्।
ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेर दुर्घटना भएको हो।
प्रतिक्रिया