काठमाण्डु-मोरङ र बैथडीमा भएको अलग अलग दुर्घटनमा श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु भएको छ ।
मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।
दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हो ।
यस्तै, बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु र ३ जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ ।
जीप चालकसहितका अन्य चार जना भने घाइते भएका छन् । घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट बस्ने वर्षीय ३० कविता परियार छन् ।
प्रतिक्रिया