काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दुर्घटना : २ जनाको मृत्यु, १४ घाइते

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दुर्घटना : २ जनाको मृत्यु, १४ घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भीमफेदी मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

कान्तिलोकपथ खडक खण्डमा पर्ने मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी दुर्घटना भएको हो। गाडी सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।