कार र टिप्पर ठोक्किँदा २ जनाको मृत्यु

कार र टिप्पर ठोक्किँदा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – बाराको भूइँपुल नजिकको क्षेत्रमा कार र टिप्पर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नाम नखुलेका कार चालक १ जना र सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरियाका नारायणहरि शर्मा छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डको १३ किलोमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने टिप्परका चालक फरार रहेकाले खोजी भइरहेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।