डोटीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

डोटीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनी ट्रक भिमदत्त राजमार्ग अन्तरगत गोल्डेनमा दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक बझाङ बुङ्गल नगरपालिका–२ दह बगर बस्ने अन्दाजी ३२ वर्षको अर्जुन धामी छन् भने अन्य दुई जनाको नाम थर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मिनी ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ।