त्रिशुली बस दुर्घटनामा ८ को मृत्यु, ७ काे सनाखत (नामावलीसहित)

त्रिशुली बस दुर्घटनामा ८ को मृत्यु, ७ काे सनाखत (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

शुक्रबार ना ६ख २५०६ नं को बस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खस्दा भएको दुुर्घटनामा मृतकमध्ये ६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। घाइतेहरुको चितवन, पोखरा तथा धादिङमा उपचार भइरहेको छ।

मृतकहरूको विवरण

१. जिल्ला पाल्पा बेगनासकालिका गाउँपालिका बस्ने वर्ष ३२ को अर्जुन न्यौपाने

२. तनहुँ भानु नगरपालिका ५ बस्ने वर्ष २७ को सुमित श्रेष्ठ

३. तनहुँ भन्सार बस्ने अन्दाजी वर्ष २७ की कमला श्रेष्ठ

४. काठमाडौं बस्ने वर्ष ३० को रबिन गुरुङ

५. तनहुँ केशवटार बस्ने वर्ष ४० को बाबुराम तिवारी

६. भारत बिहार बेतिया बस्ने फिरोज मिया

७. हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष २/३ को बालक

८. हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष १८/१९ की महिला