भारतको आगरामा पोखरा-दिल्ली चल्ने बस दुर्घटना, चालकको मृत्यु

भारतको आगरामा पोखरा-दिल्ली चल्ने बस दुर्घटना, चालकको मृत्यु


काठमाडौं – पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल-भारत मैत्री बस भारतको उत्तर प्रदेशको आगरा जिल्लाको यमुना एक्प्रेसमा दुर्घटना भएको छ ।
शनिबार बिहान ६स्३० बजेदुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ। कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृतक ठकुरीको स्थानीय ठेगाना गोर्खाको पालुङटार हो। प्रहरीका अनुसार ट्रक आफ्नो बाटो छोड़ेर गलत दिसामा दौंडिरहेको थियो।

बिहान बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ। ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ती गरिएको छ।