एजेन्सी – अफ्रिकी मुलुक मालीमा दुई फ्रान्सेली सैनिक हेलिकप्टर एकआपसमा ठोक्किँदा १३ सैनिकको मृत्यु भएको छ ।
मालीमा जिहाडिस्ट समूहविरूद्धको परिचालित टोलीको हेलिकप्टर सोमबार साँझ दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
तीन हप्ताअघि सडकमै गस्ती गरिरहेका बेला बम विस्फोटमा परी एक जना सैनिकको मृत्यु भएको थियो । पछि फ्रान्सेली सेनाको सहयोगमा मालीले आफ्नो भूभाग फिर्ता पाएको थियो ।
प्रतिक्रिया