नवलपरासीमा बस दुर्घटना, २३ यात्रु घाइते

नवलपरासीमा बस दुर्घटना, २३ यात्रु घाइते


कावासोती – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा सोमबबार बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् ।