नुवाकोटमा आइचर दुर्घटना हुँदा दर्जनभन्दा बढीको घटनास्थलमै मृत्यु,मृतकको संख्या बढ्नसक्ने

नुवाकोटमा आइचर दुर्घटना हुँदा दर्जनभन्दा बढीको घटनास्थलमै मृत्यु,मृतकको संख्या बढ्नसक्ने


काठमाडौं – नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रबार साँझ आइचर दुर्घटना भएको छ। आइचरमा सवार ४६ मध्ये १७ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । बा ३ ख ३९१३ नम्बरको आईचर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार मृतकको संख्या बढ्न सक्नेछ ।

४६ जना सवार गाडी दुर्घटना हुँदा ७ जना घाइतेलाई उद्दार गरी काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको  जिल्ला प्रहरी कार्यालय नुवाकोटले  जानकारी दिएको छ ।  गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खाएर फर्कने क्रममा ब्याक गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

करिव ७,८ सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरण आउन बाँकी ।