दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना सवार, घटनास्थलमा दुई जनाको शव फेला

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना सवार, घटनास्थलमा दुई जनाको शव फेला


काठमाण्डु – बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा रहेका १९ जनामध्य दुई जनाको शव घटनास्थलबाट फेला परेको छ ।

चालक दलका सदस्य र प्राविधिक रहेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा सवार २ जनाको शव उद्धारकर्ताहरुले घटनास्थलमा फेला परेका प्रहरीले जनाएको छ ।

जहाज बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्यलाई घाइते अवस्थामा फेला पारी सिनामंगलमा रहेको केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनीबाहेक जहाजमा सवार केहीलाई उद्धार गरेर अस्पताल पठाइएको र अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।