काठमाडौं – रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा साइकलबाट लडेर गम्भीर घाइते भएका आलेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ, बुढीगंगा गाँउपालिका-३ स्थित गोकुवा चोकमा को.२ च २८८२ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सुनसरी बर्जु गाउँपालिका-६ बस्ने मनोज कुमार माझीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका माझीको बिराट टिचिङ
अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-६ बेलियास्थित सडकमा ना.७ ख ३४६६ नम्बरको ट्रिपरले ठक्कर दिँदा साइकलयात्री खैरहनी नगरपालिका-७ बस्ने ४० वर्षीय वीरेन्द्र महतोको शुक्रबार राति मृत्यु भएको छ ।
ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया