काठमाण्डु– भारतको उत्तराखण्डको अल्मोडामा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
गढवाल–रामनगर मार्गको साल्टनजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको बसमा ४० भन्दा बढी यात्रु सवार थिए।
साल्ट कुपनजिकै चालकले बसको नियन्त्रण गुमाए। केही बेरमै बस गहिरो भिरमा खसेको थियो। बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो।
मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन्।
प्रतिक्रिया