त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– बुधबार धादिङस्थित त्रिशूली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ।

 

 

दुर्घटनामा २५ जना घाइते भएको तथा दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको प्रहरीले जनाएको छ।

 

 

मृतकको सनाखत भने हुन नसकेको डीएसपी शिवशर्मा आचार्यले जानकारी दिए।

 

 

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ। बाँकी १६ जनालाई भरतपुर लगिएको छ।

 

 

काठमाडौंँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटनामा परेको थियो।