काठमाडौं – सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा बा.१९ च ३५५५ नम्बरकोजिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ स्थित सडकमा बा.२ ख
६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भिम बहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर, कटारी नगरपालिका-२ स्थित सडकमा को.१ ज ३४०० नम्बरको जिपले ज.५
प ७५५७ नम्बरको मोटरसाइकलसालाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-८ स्थित सडकमा भे.५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सिता प्यारी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका-७ देउडा बस्ने २३ वर्षीय दिनेश थारुको मेडिकल कलेज
कोहपुरमा उपचार भइरहेको छ ।
सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-११ बरडाँडास्थित सडकमा बा.१५ च ९४२० नम्बरको बलेरो जिप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना.१ ज ५३४२ नम्बरको टाटा सुमो जिप माथि खस्दा बलेरो जिप चालक नेचा सल्यान गाउँपालिका-२ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना.१ ज ५३४२ नम्बरको टाटा सुमो जिपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१४ राता नाग्लास्थित सडकमा भे.१ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका-४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया