अछाममा प्रदेश सभाका उम्मेदवारले अघि सारे विकासका मुद्दा

अछाममा प्रदेश सभाका उम्मेदवारले अघि सारे विकासका मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्णबहादुर खड्का, अछाम– नेपाली कांग्रेस अछामका नेता तथा पूर्व पार्टी सभापति मेघराज खड्का यतिबेला गांउ गांउमा चुनावी अभियानमा ब्यस्त छन । महेन्द्र मावी बयालपाटा अछाममा माध्यमिक शिक्षा हासिल गर्दै गर्दा नेविसंघको राजनितिमा होमिएका नेता खड्कालाई अछाम जिल्लाको क्षेत्र नं. १ बाट प्रदेश सभाका लागी खड्कालाई नेपाली कांग्रेसले उम्मेद्दवार बनाएको छ ।

 

 

 

 

 

२०३७ सालमा बहुदलको प्रचारमा हिडेका नेता खड्कालाई २०४० सालमा पहिलो पटक गिरफ्तारी गरिएको थियो । अध्ययनकै क्रममा २०४२ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियू सभापति जितेका खड्का २०४२ को सत्याग्रहमा साढे ४ महिना जेल जीवन समेत भोगेका छन भने २०४० देखी २०४६ सम्म पटक–पटक गरी चरम यातना सहित ५ पटक हिरासतको जीवन बिताएका छन ।

 

 

 

 

६२\६३ को आन्दोलनमा काठमाण्डौँमा सक्रिय सहभागिता जनाएका नेता खड्काले नेपाली कांग्रेसमा  २०५३ देखी अछामबाट महासमिती सदस्य भएर समेत सहभागिता जनाएका छन । एम.ए प्रथम श्रेणीमा उतिर्ण गरेका मेघराजले २०५४ देखी २०५९ सम्म जिल्ला विकास समितीको सदस्य भएर विभिन्न विकास निर्माणमा महत्वपूर्ण योग्दान दिएका छन ।

 

 

राजनितिमा सक्रिय रहेका खड्का अहिले आफुलाई भोट माग्न क्षेत्र नं. १ का हरेक टोल टोलमा पार्टीले संचालन गरेको चुनावी कार्यक्रममा मतदातासंग भोट मागिरहेका छन । कांग्रेसले जितेमा समग्र लोकतन्त्रको जित हुने भन्दै खड्का आफुलाई जिताउन जनतासंग आग्रह गरिरहेका छन ।

 

 

 

कांग्रेसले जितेमा अछाममा आर्थिक समृद्धीको थालनि गर्ने अठोठका साथ चुनावी मैदानमा उत्रिएको उहांको दाबी छ । नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै उम्मेदवार खड्काले संविधानको कार्यान्यवन पनि कांग्रेसकै नेतृत्वमा हुने दाबी गर्नुभयो ।

 

 

अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी लोकमार्ग, सेती लोकमार्ग, साफेबगर मेगासिटीलाई आफुले पहिलो प्राथमिक्तामा राखेर अघि बढाउने भन्दै खड्काले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताउनुभयो ।