सिरियामा बालबालिकामाथि भएको आक्रमणको बिरोधमा अछामकाे साँफेबगरमा प्रदर्शन

सिरियामा बालबालिकामाथि भएको आक्रमणको बिरोधमा अछामकाे साँफेबगरमा प्रदर्शन


साँफेबगर (अछाम) – सिरियामा निहत्था नागरिक र बालबालिकामाथि भइरहेको श्रृंखलाबद्ध बम आक्रमणको विरोध प्रदर्शन भएकाे छ। सिरियामा वालवालिका माथि भएको सर्वत्र विरोध सुरु भएको हाे । अछाममा पनि वाक नेपाल र नागरिक समाज सञ्जालको आयोजनामा साँफेबगरमा सिरियामा वालवालिका माथि भएको आक्रमणको विरोध गरिएको छ ।

अछामको प्रमुख व्यायारीक केन्द्र साँफेबगरमा गरिएको बिरोध कार्यक्रममा सिरियाको नक्सा बनाई (प्रोटेक्ट चाईल्ड फ्रम वार) बालबालिकालाई युद्धबाट बचाउनु पर्ने माग गरेर बिरोध स्वरुप मैनबत्ती बालिएको थियो । मानव सभ्यता र मानवीय संवेदना समेत गुमाएर बर्बरता पूर्वक बम आक्रमण गरी बालबालिका सहित सयौँ सर्वसाधारणको क्रूरूर हत्या भएको भन्दै नागरिक समाज आन्दोलन उत्रिएको छ ।

साँफेबगरमा बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सिरिया सरकारले रुसी सेनाको समर्थनमा सोमबार विभत्स हत्या गरेको विरोधमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले बताए । यस्तै स्थानीइ ललित बोगटीले ‘सिरियामा भएको घटना प्रति आक्रोस व्यक्त गर्दै विशवका कुनै पनि देशमा यस्तो हुनु राम्रो नभएको बताए ।  उनले यसरी क्रुरता पुर्व बालबालिकाको हत्या गरिनु महापाप भएको बताए ।’

कार्यक्रममा बोल्दै महिला अगुवा तथा सामाजिक अभियान्ता पशुपति कुँवरले ‘सिरियाको यो बालबालिका माथि भएको अत्याचार देख्दा आफूलाई मानव सभ्यता नै हराएको जस्तो अनुभव भएको बताए ।’ सिरियामामा विगत नौ दिन देखि जारी भीषण बमबारीका कारण हालसम्म कम्तीमा पनि ५४१ जनाको मृत्यु भइसकेको छ ।

जसमा कम्तीमा १३० बालबालिका छन् । सोमबार मात्र २४ सर्वसाधारण मारिए भने दर्जनौँ निहत्था नागरिक अंगभंग भए । एकपछि अर्को आक्रमण गरी सर्वसाधारणको हत्या गरिएपछि राष्ट्रसंघले सिरियालाई पृथ्वीको नर्क हुनबाट रोक्नुपर्ने भन्दै युद्धविरामका लागि पुनः आग्रह गरेको छ । सिरियामा सन् २०११ देखि निरन्तर रुपमा आक्रमण हुँदै आएको छ । आक्रमणमा निरापराध सिरियाली जनता मारिँदै आएका छन् । त्यसमा पनि दूधे बालबालिका युद्धमा मारिएका छन् ।