काठमाण्डु – सरकारले काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्लेलाई नियुक्त गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ ।
उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएपछि पद रिक्त थियो ।
प्रतिक्रिया