एसिड पीडित महिलाले गृहमन्त्रीसँग रुँदै भनिन्, ‘मलाई एसिड हानेर मार्न खोज्नेलाई कारवाही गर्नुस्’

एसिड पीडित महिलाले गृहमन्त्रीसँग रुँदै भनिन्, ‘मलाई एसिड हानेर मार्न खोज्नेलाई कारवाही गर्नुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन–एसिड पीडित चितवनकी कल्पना श्रेष्ठले गृहमन्त्री रामबहादुर थापा बादलसँग आफुलाई मार्न खोज्नेलाई कडा कारवाही गर्न माग गरेकी छिन्  ।  एसिड प्रहारबाट आइतबार घाइते भएकी श्रेष्ठको घटना बारे बुझ्न गृहमन्त्री बादल आज भरतपुर अस्पतालमा पुगेको बेला उनले सो माग गरेकी हुन् ।

पीडित महिलाले गृहमन्त्री बादलसँग रुँदै आफ्नो ज्यान लिन खोज्नेलाई कडा कारवाही गर्न माग गर्दै भनिन्, मलाई पहिलादेखि नै एसिड हान्ने उदेश्यले पछ्याइरहेको थियो । उसलाई कडा कारवाही होस् । ’

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले प्रेम अस्वीकार गरेका कारण कल्पना श्रेष्ठमाथि उनकै  घर नजिक एसिड प्रहार गरेका थिए ।

गृहमन्त्री बादलले ती महिलालाई दोषी प्रहरीलाई कार्वाही गर्ने विश्वास दिलाए ।‘यस घटनाले प्रहरी संगठन र गृह मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।  राष्ट्र सेवकबाटै महिला दिदी बहिनी सुरक्षित नहुनु निकै ठूलो र दुःखद् पक्ष हो । ’  उनले भने, ‘दोषीलाई कारवाही हुन्छ ।’

गृहमन्त्री थापाले प्रहरीभित्र ठूलै सुधार गर्नुपर्ने आवश्यक भएको बताए ।  घटनामा संलग्न प्रहरी खनियालाई चितवन प्रहरीले निलम्बन गरि

कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।