बढी खादा, भोकै रहँदा, चिल्लो पिरो र मसलादार खाने कुराका कारण ग्याष्ट्रिकको समस्या देखा पर्छ । सहरिया विलासी जीवनका लागि त अहिले ग्याष्ट्रिक निकै चुनौतीपूर्ण रोगका रुपमा देखिदैंछ । कहिलेकाही त ग्याष्ट्रिकले मानिसलाई डिप्रेसनसम्म लैजाने गर्छ ।
पेट ढुस्स फुल्ने, खाना नपच्ने, पेट दुख्नजस्ता समस्याहरु ग्याष्ट्रिकका क्रममा देखिने गर्छन् । ग्याष्ट्रिकबाट बच्नका लागि आयुर्वेद एक्सपर्ट डा. बी एस राठौरले १० घरेलु उपाय सुझाएका छन् । जसले ग्याष्ट्रिकको समस्याबाट ५ मिनेटमै राहत दिन सक्छ ।
१) दुई वटा ल्वाङ चुस्नुहोस ।
२) नरिवलको पानी पिउनुहोस्, एसिडिटी कम हुनेछ ।
३) अदुवाको रसमा मह मिसाएर खानुहोस ।
४) एक गिलास चिसो दुध पिउनुहोस् ।
५) घिउकुमारीको जुस खानुहोस । यसले पनि ग्याष्ट्रिकबाट ५ मिनेटमै छुटकारा दिनेछ ।
६) पुदिनाको पात उमालेर पिउनुहोस् ।
७) मनतातो पानीका कागती निचोरेर पिउनुहोस् ।
८) एक गिलास पानी दुई अलैचीको दाना उमालेर मनतातो भएपनि पिउनुहोस् ।
९) एक गिलास पानीमा एक चम्चा मीडो सोडा घोलेर विस्तारै—विस्तारै पिउनुहोस् ।
१०) एक चम्चा काचो सोप खानुहोस् । यसले पाचन प्रक्रिया सघाउन पु¥याउनेछ ।
दैनिक भाष्करबाट भावानुदित
प्रतिक्रिया