एजेन्सी – बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा ‘हरे राम’ लेखेको विकनी लगाएको तस्बिर सेयर गरेपछि विवादमा तानिएकी छन् ।
उनले विकनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएको छ ।
टिप्पणीकर्ताहरूले जुनसुकै कपडालाई पनि फेसनको रूपमा प्रयोग गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् । उनीविरुद्ध मुद्दासमेत दर्ता भएको छ ।
समाचारअनुसार मुम्बईको एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा रमा सावन्त नामक महिलाले वाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
वाणीले मानिसहरूको धार्मिक भावनामा ठेस पु¥याएको आरोप उनले लगाएकी छन् ।
अहिले वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर भने डिलिट गरेकी छन् । यद्यपि, तस्बिर भने सामाजिक सञ्जालमा भाइरल भइसकेको छ ।
प्रतिक्रिया