बलिउड नायिका राखी सावंतको वास्तविक जीवनः छिमेकीले फालेको खाना टिपेर खान्थें

बलिउड नायिका राखी सावंतको वास्तविक जीवनः छिमेकीले फालेको खाना टिपेर खान्थें


एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री राखी सावंतको आज जन्मदिन परेको छ । उनले आज अर्थात २५ नोभेम्बरको दिन आफ्नो ४२औं जन्मदिन मनाउँदैछिन् ।

उनका कयौं फ्रेण्ड्स फलोअर्स छन् । आज राखीलाई कुनै कुराको कमि छैन । उनको साथमा अहिले नाम, दाम सबैथोक छ, तर कम मानिस जान्दछन् कि राखीले आफ्नो बाल्यकाल एकदमै दुःखकष्टका साथ बिताएकी छिन् ।

राखिले एक शो मा आफ्नो बाल्यकालबारे बताएकी थिइन् कि, उनले कति दुःखकष्टका साथ आफ्नो बाल्यकाल कटाएकी थिइन् । उनले यो पनि बताएकी थिइन् कि आफ्नो असली नाम राखी नभइ निरु भेडा हो ।

राखीले आफ्नो बाल्यकालको बारेमा बताउँदै भनिन्, ‘मलाई यो भन्दापनि डर लाग्छ कि मैले धेरै गरिबी देखेकी छु, यति धेरै गरिबी कि, जब म मेरी आमाको पटेमा थिए तब मेरी आमाले खाना समेत ईंटा र ढुंगामा पकाउने गर्थिन् ।’ राखीले अगाडी भनिन्, ‘म यस्तो गरिब परिवारबाट आएको हुँ कि जब म सानी थिएँ तब खानका लागि समेत केही थिएन हामीसँग । छिमेकीले फालेको खाना उठायर खान्थ्यौं हामी । त्यो पनि मुस्किलले पाउने गथ्र्यौं ।’

राखीले आफ्नो सपना बताउँदै भनिन्, ‘ सानैदेखि नै मलाई एक्टिङ, डांस गर्न मन पर्थ्यो । तर मेरो परिवारले यो सबै मन पराउँदैनथ्यो । मामाले मलाई धेरै पिट्नुहुन्थ्यो, किनकी मेरो परिवारमा खान नपाए केही हुँदैन तर छोरीले नाच्नु हुदैन भन्ने सोचाई थियो । मैले आफ्नो पुरा जिन्दगीमा यति धेरै कुटाई खाएको छु कि मेरो पुरा शरीरभरी घाउको टाका मारिएको छ । यस्तो परिस्थितीलाई पार गर्दै आफ्नो मेहनतले म आज यहाँसम्म आइपुगेकी छु ।’