कार चोरलाई २० करोड जरिवाना

कार चोरलाई २० करोड जरिवाना


लन्डन – भारतीय मुलका एक व्यक्तिलाई अदालतले ८ वर्षको जेल र करिब १० करोड रुपैयाँ (१३.६९ लाख पाउन्ड) को जरिवानाको सजाय सुनाएको छ । चिराग पटेलका व्यक्ति सवारी साधनको धोखाघडीमा दोषी पाइएको थियो ।

उनमाथि चोरीको महँगो सवारी साधनका कारोबारमा व्यापक रुपमा समावेश भएको आरोपको प्रहरीले लामो समयदेखि जाँच गरिरहेको थियो । पटेललाई ३ वर्षको अवधिमा करिब १० करोड रुपैया मूल्य पर्ने १९ सवारी चोरेकोमा पनि दोषि पाइएको थियो । क्रायडन क्राउन अदालतले यदी उनले जरिवाना तिरेनन् भने उनलाई १० वर्ष अतिरिक्त जेल सजाय भोग्नुपर्नेछ । पटेलले यसको बिरुद्धमा क्रायडन क्राउन अदालतमा अपिल गरेका छन् ।

क्रायडन क्राउन अदालतले २०१८ को अक्टोबरमा ५ सातको सुनवाईपछि ८ वर्षको जेल सजाय सुनाएको थियो । उनलाई १९ चोरीको सवारी राखेको र ९ अतिरिक्त वाहनको साचो चोरेको अभियोगमा दोषी पाइएको थियो । उनको करिब ८० लाख रुपैयाँ को आपराधिक सम्पत्ति राख्ने अपराध पनि प्रमाणित भएको छ ।

पटेललाई गम्भीर अपराध जाँच विभागका अधिकारीले २०१५ को फेब्रुअरीमा गिरफ्तार गरिएको थियो । उक्त समयमा उनको घरबाट ५ महँगा सवारी साधन फेला परेको थियो । जाँचमा सबै सवारी साधनको नम्बर प्लेट नक्कली फेला परेको थियो । पछि सबै सवारी साधन चोरीको भएको कुरा खुलासा भएको थियो । यो मामिलामा उनको बिरुद्धमा २०१७ को अप्रिलमा आरोपपत्र दाखिला भएको थियो ।