एडिबीको सहयोगमा कञ्चनपुरमा सहर विकास हुँदै

एडिबीको सहयोगमा कञ्चनपुरमा सहर विकास हुँदै


कञ्चनपुर –एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाका काम तीव्ररूपमा अगाडि बढेको छ । ९७ करोड रूपैयाँको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका काम अगाडि बढेका हुन्।

आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ । माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्न तीनवटा बोरिङ गाड्ने कार्य पूरा भएको छ। फोहरमैला व्यवस्थापन क्षेत्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ।

‘सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्ने कार्य भइरहेको छ’ उनले भने। भवन निर्माणको डिजाइनको कार्य अगाडि बढेको छ। नगरपालिकालाई आवश्यक पर्ने शाखाको आकारलाई मध्यनजर गरी कोठाको नक्सांकनको कार्य भइरहेको छ। आयोजनाअन्तर्गत सडक, ढल, कार्यालय भवन, र फोहरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा छन्।

नगरपालिकामा भौतिक पूर्वाधार निर्माणसँगै व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्यांकनमा आधारित योजना, मागमा आधारित योजना, वातावरणमैत्री योजना, लैंगिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकासलगायतका कार्य पाँच वर्ष्भित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ।

१५ देखि ३५ मिटर चौडाइ भएको सडकमा पैदलयात्रु, साइकल हिँड्ने बाटो, डे«न, ग्रिन बेल्ट, खानेपानी, विद्युत्, सार्य ऊर्जा जडानका लागि जग्गा उपलब्ध हुने र बीच भागमा सडक हुनेछ। यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमति भएको छ।