एडिबीको ऊर्जामा ६८ अर्ब लगानी १२ अर्बमात्र खर्च

एडिबीको ऊर्जामा ६८ अर्ब लगानी १२ अर्बमात्र खर्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको प्रमुख विकास साझेदार निकाय एसियाली विकास बैंक (एडिबी) ले हालसम्म ऊर्जा विकासमा ६८ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । एडिबीले जलविद्युत आयोजना, प्रसारण लाइन तथा जनशक्ति विकासमा लगानी गरेको हो ।

एडिबीले अहिलेसम्म ११ आयोजनामा ६२ करोड १६ लाख अमेरिकी डलर (करिब ६८ अर्ब ३७ करोड ६० लाख रुपैयाँ) लगानी गरेको छ । यसमध्ये जम्मा १२ करोड १९ लाख डलरमात्र खर्च गर्न सकिएको छ ।

गत साता भएको एडिबीको लगानीका आयोजनाको प्रगति तथा समीक्षा बैठकमा नेपालले खर्च क्षमता बढाउन नसकेकोप्रति त्यहाँका उच्च अधिकारीले असन्तृष्टि जनाएका थिए । ऋण तथा अनुदान अवधि साढे ४ वर्ष तोकिएका अधिकांश आयोजनाको सन्तोषजनक प्रगति नभएकोमा अर्थ मन्त्रालयले पनि टिप्पणी गरेको छ ।

कूल आयोजनामा भएको लगानीमध्ये सन् २०१८ जुलाईसम्म ३३ करोड ३५ लाख डलरबराबरको ठेक्का सम्झौता भएको छ । सन् २०१८ को दोस्रो त्रैमासिकसम्म ६ करोड २ लाख डलरको ठेक्का गर्ने लक्ष्य थियो । तर, यस अवधिमा ७१ लाख डलरको मात्र ठेक्का गरिएको एडिबीले जानकारी दिएको छ ।

एडिबीका अनुसार कूल लगानी रकममध्ये अहिलेसम्म ४९ करोड ९७ लाख अमेरिकी डलर खर्च भएको छैन । दोस्रो त्रैमासिकसम्म ३ करोड ५१ लाख डलर खर्च गर्ने लक्ष्य तोकिए पनि १ करोड ८२ लाख डलरमात्र खर्च भएको छ ।

एडिबीले विद्युत प्रसारण विस्तार तथा आपूर्ति सुधार, तनहुँ जलविद्युत, सासेक विद्युत प्रणाली विस्तार, प्रभावकारी विद्युत प्रसारण तथा वितरण स्तरोन्नती र ऊर्जा क्षेत्रका आयोजना तयारी क्षेत्रमा लगानी गरेको छ । तामाकोसी–बाह्रबीसे, बाह्रबीसे–काठमाडौं ४ सय केभी लगायत प्रसारण लाइनमा लगानी गरेको छ ।