पटकपटक दोहोरिए हवाई दुर्घटनाः पत्ता लाग्दैनन् कारण

पटकपटक दोहोरिए हवाई दुर्घटनाः पत्ता लाग्दैनन् कारण


रमेश लम्साल
काठमाडौँ – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा प¥यो । नेपालमा भएका हवाई दुर्घटनामध्ये आज भएको दुर्घटना एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो ।

सन् २०१० मा स्थापना भएको उक्त वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा शुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा शुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्रा्ष्ट्रिय उडान शुरु गरेको हो ।

सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेशिया, ओमन, कतार, सिङ्गापुर र थाइल्याण्डमा उडान भर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर आजको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गरे । उनले भने, “ठूलो एवं गम्भीर दुर्घटना भयो, के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला, तर जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो ।”

विमानस्थलमा नै यो स्तरको दुर्घटना हुनु पनि थप संवेदनशील विषय रहेको उहाँको भनाइ छ । सामान्यता अन्तर्रा्ष्ट्रिय उडानबाट काठमाडौँ आउने विमान कोटेश्वरतर्फको धावन मार्गबाट अवतरण हुने गर्दछन् । तर आज दुर्घटनामा परेको विमान भने पशुपति तर्फको धावनमार्गबाट अवतरण गर्न खोजेको देखिन्छ । जताबाट अवतरण गरेपनि दुर्घटनामा परेको विमानले पार्किङमा रहेका अन्य जहाजलाई भने जोगाएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमै विमान दुर्घटना हुनु दुःखद् हो । जहाज थोरै दायाँबायाँ भएको भए थप क्षति पुग्ने अवस्था रहेको थियो । प्रत्यक्षदर्शीकाअनुसार युएस बंगलादेश विमान दुर्घटना हुँदा एक स्वदेशी वायु सेवा प्रदायकको जहाज उडानको तयारीमा थियो । विमान दुर्घटनामा परेको खबर चैतको खरमा आगो लागे जसरी नै देश विदेशमा फैलियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धारकार्यको प्रत्यक्ष अवलोकन गरी निर्देशन दिए । घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेर उपचारमा कुनै पनि कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिए । दुर्घटनामा परी ४९ जनाको निधन भएको र २१ घाइते भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानमा चार जना चालक दलका सदस्यसहित ६७ यात्रु सवार थिए ।

नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । ९ जुन १९९१ मा नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटकपटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ । हवाई दुर्घटनाको इतिहासमा थाइ एयरको विमान रसुवाको घोप्टे भीरमा दुर्घटनामा परेको थियो । १९९२ जुलाई ३१ मा भएको उक्त दुर्घटनामा परी ११३ जनाको ज्यान गएको थियो ।

प्राधिकरणका पूर्व महानिर्देशक मानन्धर गम्भीर प्रकृतिका यस्ता दुर्घटनाको वस्तुनिस्ट अनुसन्धान गर्नुपर्ने बताउछन् । अन्तराष्ट्रिय वायु सेवा प्रदायकका ठूला दुर्घटनामध्ये आजको दुर्घटना तेस्रो ठूलो रहेको जानकारको भनाइ छ । रासस

यि हुन् काठमाडाैँ पाटीले गरेका समाचार कभरेज

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

प्राधिकरणले भन्याे : अवतरणको क्रममा विमान दुर्घटना

बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला

विमानस्थल बन्द अनिश्चित कालका लागि बन्द, अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ : प्रधानमन्त्री

विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री पुगे विमान दुर्घटनास्थलमा

विमान दुर्घटनाः ३३ जना नेपाली, २० जनाको मुत्यु, १२ जना घाइते

याे रुट भएर अाएकाे थियाे एयर युएस बंगला विमान !

बंगला विमान दुर्घटना, घाइतेलाई अस्पताल पु¥याइँदै

एयर ट्राफिकको निर्देश नमान्दा बङ्लाको जहाज दूर्घटनामा

विमान दुर्घटनाः सात जनाको उद्दार, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

त्रिभुवन बिमानस्थलमा बङ्लादेश एयरलाइन्सको विमान दुर्घटना