एएफसी एसियन कप छनोट : आज नेपाल र मलेसिया भिड्ने

एएफसी एसियन कप छनोट : आज नेपाल र मलेसिया भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले आज पहिलो खेल खेल्दैछ।

नेपालको पहिलो खेल नेपाली समयअनुसार राति ७ः४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ।

छनोटमा नेपाल समूह ‘एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन् भने कप्तान किरण चेम्जोङले पनि मलेसियामा राम्रो खेल खेल्ने विश्वास राखेका छन्।

नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि ७ मध्ये ६ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ।

मलेसिया र नेपाल पहिलो पटक सन् १९८३ मा मर्डेका कपमा भिडेका थिए। सो खेलमा नेपाल ७.० ले पराजित भएको थियो ।

फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।