एएफसी यु–२० एसियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

एएफसी यु–२० एसियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै


काठमाण्डु-एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले आज आफ्नो तेस्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ ।

नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ ।

यो समूहमा रहेको नेपाल र उज्वेकिस्तान दुवैको समान ३ अंक छ । तर गोलअन्तरमा उज्वेकिस्तान अघि रहँदै शीर्ष स्थानमा छ । नेपालले २ खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको छ । उज्वेकिस्तान र बहराइनभन्दा पछि नेपाल तेस्रो स्थानमा छ ।

यु–२० एसिया कपको साविक विजेतासमेत रहेको उज्वेकिस्तान समूह बी कै सबैभन्दा बलियो टोली हो ।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यु–२० एसिया कपको छनोट प्रतियोगिता भइरहेको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यु–२० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।

यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ टोलीले पनि एएफसी यु–२० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।