अफ्रिकी मुलुक ग्याबोनमा सैनिक कू

अफ्रिकी मुलुक ग्याबोनमा सैनिक कू


एजेन्सी – अफ्रिकी मुलुक ग्याबोनमा सेनाले निर्वाचित राष्ट्रपतिलाई हटाएर शासन सत्ता कब्जा गरेको छ ।  सोमबार बिहान साढे चार बजे सरकारी रेडियोमार्फत् सम्बोधन गर्दै एक सैन्य अधिकारीले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्न आफूहरूले शासन सत्ता हातमा लिएको बताए।

रेडियो सम्बोधनलगत्तै हतियारसहितका सैनिक सरकारी टेलिभिजनमा देखिएका थिए। टेलिभिजनबाट पनि सैनिकले राष्ट्रपति अलि बोंगोलाई अपदस्त गरिएको बताए।

५९ वर्षीय बोंगोलाई गत अक्टोबरमा साउदी अरेबियामा हुँदा हृदयघात भएको थियो। उनी अहिले पनि मोरोक्कोको अस्पतालमा उपचाररत छन्। उनी आफ्ना बुवापछि सन् २००९ मा ग्याबोनको राष्ट्रपति बनेका थिए। र २०१६ मा फेरि राष्ट्रपति निर्वा्चित भएका थिए। सेनाले बोंगोको काममा असन्तुष्टि जनाउँदै शासन सत्ता हातमा लिएको हो।