ईपीएल खेल्न काठमाण्डु आइपुगे क्रिकेटर अफ्रिदी

ईपीएल खेल्न काठमाण्डु आइपुगे क्रिकेटर अफ्रिदी


काठमाण्डु – पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि काठमाण्डु आइपुगेका छन् ।

बिहीबार दिउँसो काठमाण्डु पुगेका अफ्रीदीले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताए । किङ्ग्स ११ मा आवद्द अफ्रिदीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्ने समेत जानकारी दिएका छन् ।

ईपीएल अन्तर्गतको दुई खेल खेल्नका लागि नेपाल आइपुगेका हुन् । ईपीएल असोज ९ देखि २३ गतेसम्म काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।