काठमाडौँ – अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते छन । प्रदेश नम्बर ५ का डीआईजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।
सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ यात्रुबहाक बस सन्धीखर्क नगरपालिका-१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो । बस सडकबाट ६ सय मिटर तल खसेको छ ।
,‘‘बसपार्कबाट १७ जना टिकट काटेर यात्रा गरेको देखिन्छ भने बाटोमा ३ जना थपिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घाइतेको उद्धारकार्य जारी छ ।’’ बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५-३० जना यात्रु सवारहेको अनुमान गरिएको छ ।
बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच घटनास्थलमा प्रहरीका साथै स्थानीयले उद्दार जारी राखेका छन् ।
प्रतिक्रिया