सभामुखविरुद्धको सुनुवाइ सकिएन, मंगलबार पनि बहस

सभामुखविरुद्धको सुनुवाइ सकिएन, मंगलबार पनि बहस


काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सोमवार नसकिएपछि मंगलवार पुनः बहस हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण आदेश माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश सपनाप्रधान मल्लको इनलासमा सोमवार भएको सुनुवाइमा त्रिपाठीसहित बाबुराम गिरी, ओमप्रकाश अर्याल, राजेश चापागाईं, सुनिल पोखरेलले बहस गरेका थिए ।

रिटमाथि मंगलवार पनि निरन्तर सुनुवाइ हुने भएको छ । सापकोटा सभामुख पदमा निर्विरोध हुने अवस्था आएपछि सर्वाेच्च अदालतमा मुद्दा परेको थियो ।